
धादिङ, चैत २९ । धादिङको भुमिस्थान–८ एक्लेफाँटमा गएराती गुडिरहेको ट्रकमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाईकल चालक धादिङ, बैरेनी–८ का २७ वर्षीय दिपक विक रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति १ बजे ना४ख ११८६ नम्बरको ट्रकमा बा५१प ४८२४ नम्बरको मोटरसाईकल पछाडिबाट ठोक्किदा दुर्घटना भएको हो । ट्रक र चालकलाई प्रहरी चौकी बैरेनी धादिङले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्