१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


मध्यरातमा आगलागी हुँदा एकजना घाइते


0
Shares

सुनसरी, चैत २९ । सुनसरीको पश्चिम कुसाहा–५ स्थित एक घरमा गएराति आगलागी भएको छ । प्रहरीका अनुसार गएराति १ बजे आगलागी हुँदा सोही घरमा रहेकी एक महिला घाइते भएकी छन् ।

पश्चिम कुसाहा–५ बस्ने देव नारायण यादवको घरमा चुल्होबाट अचानक आगलागी हुँदा अन्दाजी ५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा निजकी ६० बर्षिया श्रीमती सतरी देवी यादव सामान्य घाइते भएकी छिन् ।

आगलागीबाट यादवको टिनको छानो भएको एक तले घर, १ लाख ५० हजार नगद र सम्पुर्ण सर–सामान जलेर नष्ट भएको छ ।

आगोले पोलेर घाइते भएकी सतरी देवीलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी पठाईएको प्रहरीले जानकारी दिएको छ ।

उक्त आगो स्थानियबासी र प्रहरीको सहयोगमा २ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।