भारतबाट फर्कदै गरेका दुई युवा भारतीय बजारबाटै बेपत्ता • Image Khabar Image Khabar


भारतबाट फर्कदै गरेका दुई युवा भारतीय बजारबाटै बेपत्ता


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ०३:०८

भारतबाट फर्कदै गरेका दुई युवा भारतीय बजारबाटै बेपत्ता

कञ्चनपुर, चैत २९ । भारतको अल्मोडा दुराकोटबाट मजदुरी गरी घर फर्कदै गरेका बर्दिया बनियाभारका दुईजना नेपाली युवा सीमावर्ती भारतीय बजार बनवसा क्षेत्रबाट बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बनियाभार–४ का ३९ वर्षीय छविलाल बोहरा र सोही ठाउँका ४३ वर्षीय इन्द्रप्रसाद ज्ञवाली रहेका छन् । दुवै जनाले चैत २१ गते अल्मोडाबाट फर्केर बनवसा पुगेको फोनमार्फत घर परिवारलाई जानकारी दिएका थिए ।

हालसम्म घर नपुगेपछि उनका आफन्तले खोजबिन सुरु गरेका छन् । खोजबिनका लागि महेन्द्रनगर पुगेका बेपत्ता युवाका आफन्त तपेन्द्र बोहराले दुवैजना घर नआएपछि खोजबिनका लागि भारतीय प्रहरी र नेपाल प्रहरीलाई अनुरोध गरिएको बताए ।

नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीलाई खोजबिनका लागि निवेदन दिँदा भारतीय प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गरेको उनले उल्लेख गरे । ‘दुवै नयाँ वर्ष मनाउनका लागि घर फर्कदै गर्दा बेपत्ता भएपछि परिवारमा चिन्ता छाएको छ,’ उनले भने । (रासस)

प्रतिक्रिया दिनुहोस्