नयाँ अवतारमा धुर्मुस–सुन्तली • Image Khabar Image Khabar


नयाँ अवतारमा धुर्मुस–सुन्तली


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ०५:२८

नयाँ अवतारमा धुर्मुस–सुन्तली

काठमाडौं, चैत २९ । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लखनभाई र लक्षुमनीयाको भूमिकामा देखिने भएका छन् । बाल विवाह र चेलीबेटी बेचबिखनविरुद्धको बालमैत्री मैथिली सर्ट फिल्म मुन्नीमा उनीहरु मधेसी पात्रको रुपमा देखिन लागेका हुन् ।

पछिल्लो समय हाँस्य टेलिश्रृंखला मेरी बास्सैसँगै चेतनामुलक फिल्म निर्माणमा व्यस्त धुर्मुस–सुन्तली चर्को घाम र हावाहुरीका बाबजुद मुन्नीको छाँयाकनका लागि लाहान पुगेका छन् । मुन्नीले बालमैत्री समाजको महत्व र आवश्यकतालाई दर्शाउने फिल्मका लेखक तथा निर्देशक सिताराम कट्टेल (धुर्मुस)ले बताए ।

तराई भेगमा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पिदा आईपर्नसक्ने जोखिमलाई फिल्ममा रमाईलो ढंगले प्रस्तुत गरिएको कुञ्जना घिमिरे (सुन्तली)ले बताइन् ।

चलचित्रमा मुन्नीको भूमिकामा गायत्री सिंह देखिएकी छिन् । मुन्नीमा दिपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादव, प्रेम नारायण झा, गजेन्दर ठाकुरलगायतका कलाकार पनि देखिने छन् । मैथिली भाषाका संवादहरु बोल्नलाई केही अप्ठ्यारो भए पनि मुन्नीलाई उत्कृष्ट बनाउने कोसिस गरिरहेको फिल्म युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्