९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


तेक्वान्दो खेलको गिर्दो अवस्थाप्रति खेलाडीहरु चिन्तित


0
Shares

कृष्ण लोथ्याल
काठमाडौं, चैत २९ । नेपालको खेलजगत्मा गौरविलो इतिहास र सम्भावना बोकेको तेक्वान्दो खेल पछिल्लो समयसम्म आइपुग्दा टुटफुट र खेल राजनीतिको शिकार बन्दै गएको छ ।

यसको पछिल्लो उदाहरण हालै भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा एउटा पनि स्वर्ण पदक प्राप्त नहुनु हो ।

विगतका दक्षिण एसियाली खेलमा पाएको सफलता होस् या एसियाडमा जितेका पदक । अझ विश्व खेलजगत्को महाकुम्भ मानिने ओलम्पिकसम्मको यात्रा नै किन नहोस् । तेक्वान्दो खेल नेपाली खेलकुदको सफलताको पर्याय नै हो ।

तर, पछिल्लो समयसम्म आइपुग्दा तेक्वान्दो खेलको स्तर निकै खस्किएको आमबुझाइ छ । त्यसको पछिल्लो उदाहरण भारतमा हालै सम्पन्न १२औं दक्षिण एसियाली खेल (साग) हेरे पुग्छ ।

तेक्वान्दो खेलको अवस्था यो हदसम्म गिर्नुमा प्रमुख कारण अनियमित प्रशिक्षण हो ।

त्यस्तै, अन्तर्राष्ट्रिय ‘एक्सपोजर’को कमीले पनि सफलता हात पार्न कठीन हुनेगरेको खेलाडीहरुको ठम्याइ छ ।

>