नयाँवर्षमा टेलिकमको छुट • Image Khabar Image Khabar


नयाँवर्षमा टेलिकमको छुट


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ११:५९

नयाँवर्षमा टेलिकमको छुट

काठमाडौं, चैत २९ । नेपाल टेलिकमले नयाँवर्ष २०७३ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ ।

टेलिकमले जीएसएम तथा सीडएमए मोबाइल सेवामार्फत् कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुलदरमा यही चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि विद्यमान महसुलदरमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।

जीएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई ती प्याकेज तीन दिनका लागि चैत ३० देखि २०७३ वैशाख २ गतेसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतीभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डाटा सेवाअन्तर्गत् १०० एमबी साइजको डाटा रु ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्