चुरोट सेवन गर्ने बानी छ ? सावधान ! ४८१८ जना कारबाहीमा (भिडियो रिपोर्ट) • Image Khabar Image Khabar


चुरोट सेवन गर्ने बानी छ ? सावधान ! ४८१८ जना कारबाहीमा (भिडियो रिपोर्ट)


Imagekhabar
२९ चैत्र २०७२, सोमबार १२:२०

चुरोट सेवन गर्ने बानी छ ? सावधान ! ४८१८ जना कारबाहीमा (भिडियो रिपोर्ट)

भुवन भट्ट/सुयश मानन्धर
काठमाडौं, चैत २९ । सार्वजनिकस्थलमा धूमपान तथा सूर्तिसेवन रोक्न प्रहरीले केही समययता कारबाही तीव्र बनाइरहेको छ ।

बाटोघाटो, पाटी–सत्तल, पार्क, रेस्टुराँ कहीँ पनि धूमपान गर्न पाइँदैन ।

सार्वजनिकस्थलमा धूमपाान गर्ने बानी छ भने सचेत हुनुहोस् । सरकारले सार्वजनिकस्थलनमा चुरोट सेवन गर्न प्रतिबन्ध लगाएकाले कुनैपनि बेला तपाइँ प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ ।

गएको फागुनदेखि प्रहरीले चुरोट सेवन कारबाही अभियानलाई तीव्र बनाएको छ ।

सूर्तिजन्यपदार्थ नियन्त्रण र नियमन २०६८ का प्रावधान लागू गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले उक्त ऐनको प्रभावकारी कार्यान्वयन गर्न सरकारका नाममा आदेश दिएपछि सार्वजनिकस्थलमा धूमपान रोक्न सरकारलाई तातो लागेको हो ।

धूमपानले थुप्रै घातक रोगहरु निम्त्याउँछ भन्ने धेरैलाई थाहा छ । तैपनि धूमपान गर्नेहरुको संख्या उल्लेख्यरुपमा घटेको पाइँदैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

 

प्रतिक्रिया दिनुहोस्