
काठमाडौं, चैत २९ । नेपाली मुक्ति मोर्चा नेपालले राष्ट्रलाई वर्तमान संवैधानिक संकटबाट मुक्त गरी वैकल्पिक संविधान निर्माणका लागि सर्वपक्षीय सम्मेलन गर्ने भएको छ ।
मोर्चाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी वैशाख २५ गते काठमाडौंमा आयोजना हुने सर्वपक्षीय सम्मेलनमा संसदमा रहेका र बाहिर रहेका सबैपक्षलाई समेटिने जानकारी दिइयो ।
‘पाइलट बाबा’को मार्गदर्शनमा आयोजना हुने उक्त सम्मेलनमा भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशियारी पनि सहभागी हुने जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्