शेयरमा सुधार जारी • Image Khabar Image Khabar


शेयरमा सुधार जारी


Imagekhabar
२९ चैत्र २०७२, सोमबार १३:४२

शेयरमा सुधार जारी

काठमाडौं, चैत २९ । सोमबार पनि शेयर बजार सकारात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंक बराबरले धनात्मक रहेर १३ सय ८३ दशमलव आठ पाँच कायम भएर थामियो ।

कारोबारको सुरुआती समय उच्चदरले उकालो लागेको नेप्से केही समयमा शिथिल हुँदै उतार–चढाव कायम रही अन्तिम समयमा सकारात्मक रहेर थामिएको हो ।

होटल, वाणिज्य बैंक र अन्य समूह सकारात्मक रहेसँगै अरु समूह ओरालो लाग्दा पनि नेप्से सकारात्मक रह्यो ।

होटल समूहमा सबैभन्दा उच्च २१ अंकको सुधार आयो भने वाणिज्य बैंक र अन्य समूह भने सामान्य अंकले धनात्मक रहेका हुन् । बीमा, जलविद्युत्, वित्त र विकास बैंक समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च १६ अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको ७ लाख ९५ हजार कित्ता शेयर ४७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्