सुनको मूल्य उकालो लाग्यो • Image Khabar Image Khabar


सुनको मूल्य उकालो लाग्यो


Imagekhabar
२९ चैत्र २०७२, सोमबार १३:५७

सुनको मूल्य उकालो लाग्यो

काठमाडौं, चैत २९ । सोमबार सुनको मूल्य पुनः उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले उकालो लागेर ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा स्थीर रहेको थियो ।

आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ५० डलरको हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्