९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


गुजरात लायन्स सामू किङ्ग्स ईलेभन पञ्जाव निरीह


0
Shares

मोहाली, चैत ३० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा नयाँ टोली गुजरात लायन्सले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सुरेश रैनाको कप्तानीमा रहेको गुजरात लायन्सले किङ्ग्स ईलेभन पञ्जावलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

मोहालीमा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । पञ्जावका लागि मुरली विजयले ४२, मनन भोहराले ३८ तथा मार्कस स्टोनिसले ३३ रनको योगदान दिए । बलिङतर्फ गुजरातका ड्वेन ब्राभोले ४ विकेट लिए ।

जवाफमा १६२ रनको लक्ष्य पछ्याएको गुजरातले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर विजय लक्ष्य हासिल गर्‍यो । गुजरातका आरोन फिन्चले ७४ रन जोड्दा दिनेश कार्तिकले अविजित ४१ रन जोडे ।

आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र सनराईजर्स हैदरावाद भिड्ने छन् ।