कुलो निर्माण भएपछि स्थानीयबासी हर्षित • Image Khabar Image Khabar


कुलो निर्माण भएपछि स्थानीयबासी हर्षित


Imagekhabar
३० चैत्र २०७२, मंगलवार ०३:०२

कुलो निर्माण भएपछि स्थानीयबासी हर्षित

जुम्ला, चैत ३० । जुम्लाको डिल्लीचौर गाविसमा सिंचाईका लागि कुलो निर्माण भएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

सिंचाईको अभावमा खेतीयोग्य जमिन बाँझै रहेको अवस्थामा कुलो निर्माण भएपछि किसान खुसी भएका हुन् । उनीहरुले धान र तरकारी खेती गर्ने योजनासमेत बनाइसकेका छन् ।

गरिबी निवारण कोषको ३७ लाख रुपैयाँ र स्थानीयको एक लाख रुपैयाँ बराबरको श्रमदानले ११ सय मिटर सिचाई कुलो निर्माण भएको हो ।

सो कुलोबाट झण्डै ४ हेक्टर जमिनमा सिंचाई हुने बताइएको छ । यसले यहाँका ६ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्