३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


२०४७ सालको संविधान पुनर्वहाली हुने निश्चित छ : ज्योतिषाचार्य गोपाल(भिडियो)


0
Shares

काठमाडौं, चैत ३० । २०७२ साललाई बिदा गर्दै हामी नयाँ वर्ष २०७३ सालको स्वागतको तयारीमा छौं । भूकम्प, नाकाबन्दी लगायतले २०७२ साल नेपाल र नेपाली जनताका लागि त्यति राम्रो रहेन । नयाँ वर्ष २०७३ नेपाल र नेपालीका लागि कस्तो रहला ? सबैमा चासो लाग्नु स्वाभाविक हो ।

बाल योगी, वास्तुविद एवं ज्योतिषाचार्य गोपाल प्रेम २०७३ साल पनि त्यति राम्रो नरहेको बताउँछन् । वर्षको ग्रहअवस्था त्यति राम्रो नभएको उनको भनाई छ । ‘२०७३ सालको राजा ग्रह शुक्र हो, मन्त्री ग्रह बुध हो, त्यसलाई शुभ नै मानिन्छ,’ उनले भने, ‘तर वैशाखमा शनि र मंगल एकै ठाउँमा रहेकाले शुभ मानिदैंन ।’

उनले भूकम्पका योगहरु पनि बाँकी रहेको बताए । २०७३ साल फागुनसम्म त्यति राम्रो नरहेको उनको भनाई छ ।

२०७३ फागुनमा धनु राशीमा शनि प्रवेश गरेपछि भने राम्रो हुने उनले बताए । त्यतिन्जेलसम्म मुलुकमा अनिष्टको सम्भावना कायम रहने उनले प्रष्ट पारे ।

उनले नयाँ संविधान कार्यान्वयन नहुने दाबीसमेत गरे । ‘यो संविधान कार्यान्वयन हुँदैन, संविधान निश्चित बदलिन्छ,’ उनले भने, ‘२०४७ सालको संविधान पुनर्वहाली हुने निश्चित छ ।’ नेपाल हिन्दु राष्ट्र नै हुने पनि उनले दाबी गरे ।

उनले संसद भवनमा पनि बास्तु नमिलेको जिकिर गरे ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई राम्रो स्थानमा लैजाने बताए । देउवा प्रधानमन्त्री पनि बन्ने दाबी गरे । अरु पार्टीको अवस्था त्यति राम्रो नहुने उनको भनाई छ ।
पुरा अन्तरवार्ताका लागि भिडियो हेर्नुहोस्