 
	    खोटाङ, चैत ३० । खोटाङको महादेवस्थान गाविस–१ काभ्रेटारमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन् । मृतकमध्ये १६ जना पुरुष र सात जना महिला छन् ।
घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । घाइतेहरुमध्ये गम्भीर अवस्थामा रहेका २५ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ भने सात जनाको हलेसीमा उपचार भईरहेको दिक्तेलका ट्राफिक इन्चार्ज तेजकुमार बस्नेतले जानकारी दिए ।
खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको बा२ख ६३७६ नम्बरको बस आज बिहान ५ बजे काभ्रेटारमा सडकबाट करिव दुई सय मिटर तल खसेको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ ।
कच्ची सडक निर्माणको क्रममा ठेकेदारले भित्तातर्फ ढुंगा थुपारेको र छेउतर्फको माटो नयाँ भएकोले बस भासिएर तल खसेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ र हलेसीबाट गएको प्रहरी र सेनाको टोलीले घटनास्थलमा घाइतेहरुको उद्दार गरेका थिए ।
घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर पश्चिममा पर्दछ । बसमा ५४ जना यात्रु सवार रहेको जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्