१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


राजनीतिक हस्तक्षेपको विरोधमा विद्यालय बन्द


0
Shares

अर्घाखाँची, जेठ ५ । अर्घाखाँचीको शितगंगा नगरपालिका–६ जुकेनाको शिवा दह माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ ।

विद्यालयको विकास निर्माणमा राजनीतिक दलहरुले हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरुले पठनपाठन ठप्प पारेका हुन् ।

उनीहरुले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप बन्द गरी विकास निर्माणको कामलाई अघि बढाउन माग गरेका छन् ।