युवामैत्री उद्योग सञ्चालनका लागि गृहकार्य भइरहेको छ : उद्योगमन्त्री • Image Khabar Image Khabar


युवामैत्री उद्योग सञ्चालनका लागि गृहकार्य भइरहेको छ : उद्योगमन्त्री


Imagekhabar
३० चैत्र २०७२, मंगलवार ०८:०९

युवामैत्री उद्योग सञ्चालनका लागि गृहकार्य भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं, चैत ३० । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले युवामैत्री उद्योग सञ्चालनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

आज युवा संघ नेपालले राजधानीमा गरेको नेपाल निर्माणका लागि युवा र सञ्चार बिषयक अन्तर्क्रियामा उनले सरकारले उद्योगमा लगानी गर्न युवाहरुलाई प्रोत्साहित गर्ने बताए ।
अहिलेको समय युवाहरुको भएको भन्दै उनले युवाहरुकै सामूहिक प्रयासबाट मात्र मुलक अगाडि बढ्ने पनि बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र युवा उद्यमीहरुले उद्योगमा लगानी गर्ने वातावरण नभएको भन्दै उद्योगमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्