भक्तपुर, चैत ३० । बिस्केट जात्राकोक्रममा मंगलबार भक्तपुरमा लिंगो ठड्याइँदै छ ।
नौ दिन आठ रात लामो बिस्केट जात्राको सबैभन्दा आकर्षण लिंगो ठड्याउनुलाई मानिन्छ । लिंगो ठड्याएको हेर्न काठमाडौं उपत्यकालगायतका विभिन्न ठाउबाट हजारौं सर्वसाधारण भक्तपुर पुग्ने गरेका छन् ।
प्रत्येक वर्ष जात्राकोक्रममा चैत मसान्तका दिन भक्तपुरमा एकैदिन दुई छुट्टा–छुट्टै स्थानमा लिंगो ठड्याउने गरिन्छ ।
त्यसमध्ये भक्तपुर नगरपालिका वडा नम्बर–११ ल्योसिंखेलमा ठ्याइने ५५ हात लामो लिंगो नौ दिन लामो जात्राको सबैभन्दा आकर्षण हो ।
यही दिन बिहान भक्तपुर नगरपालिका वडा नम्बर–१४ पोटरी स्क्वायरमा पनि लिंगो ठड्याइन्छ ।
प्रतिक्रिया दिनुहोस्