भूकम्पपीडितको संख्या अझै यकिन हुन सकेन : गृहमन्त्री • Image Khabar Image Khabar


भूकम्पपीडितको संख्या अझै यकिन हुन सकेन : गृहमन्त्री


Imagekhabar
३० चैत्र २०७२, मंगलवार ०९:३९

भूकम्पपीडितको संख्या अझै यकिन हुन सकेन : गृहमन्त्री

काठमाडौं, चैत ३० । गृहमन्त्री शक्ति बस्नेतले भूकम्पपीडितको यकिन तथ्यांक अझैपनि प्राप्त भइनसकेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितको संख्या यकिन हुन नसकेको र कतिपय वास्तविक पीडितलेसमेत राहत नपाएको बताए ।

उनले विपद् व्यवस्थापनका लागि सरकारले आफ्नो तयारी गरिरहेकोसमेत बताए ।

बैठकमा सांसदहरुले विपद् व्यवस्थापनका लागि ठोस कार्ययोजना ल्याउन माग गरेका थिए ।

त्यसक्रममा कतिपय सांसदहरुले प्रत्येक जिल्लामा एउटा हवाई मैदान बनाउनुपर्ने मागसमेत राखेका थिए ।

समितिले विपद् व्यवस्थापनका लागि विधेयक ल्याउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्