१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


त्रिशुलीमा बस खस्यो, पाँच जनाको मृत्यु


0
Shares

नवराज छत्कुली

धादिङ, जेठ ५ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ ।

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना७ख ४३८७ नम्बरको यात्रुवाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २९ जना घाईते भएका छन् । 

घाईतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ भने अन्य घाईतेको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको हो । दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।