वर्ष २०७२ः नाकाबन्दी, अभाव र कस्ट (भिडियो रिपोर्ट) • Image Khabar Image Khabar


वर्ष २०७२ः नाकाबन्दी, अभाव र कस्ट (भिडियो रिपोर्ट)


Imagekhabar
३० चैत्र २०७२, मंगलवार ११:०५

वर्ष २०७२ः नाकाबन्दी, अभाव र कस्ट (भिडियो रिपोर्ट)

काठमाडौं, चैत ३० । वि.सं. २०७२ सालमा नेपाली जनताले नाकाबन्दीको सामाना गर्नुपर्‍यो ।

मधेसी मोर्चाले गरेको तराई बन्द र भारतले गरेको नाका अवरोधले देशैभरको जनजीवन अस्तव्यस्त नै बन्यो ।

आमनेपालीले सुनेका तर नभोगेका घटनाहरु २०७२ सालमा घटे । ९० सालको भूकम्प र २०४५ सालको नाकाबन्दी सुनेका नेपाली जनताले प्रत्यक्षरुपमा २०७२ सालमै दुबै कुराको अनुभव गर्नुपर्‍यो ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट सम्हालिन नपाउँदै नेपाली जनताले नाकाबन्दीको ठूलो मार खेप्नुपर्‍यो । जसको असर अहिलेसम्म पनि परिरहेको छ ।

ग्यास, पेट्रोल, डिजल जस्ता पदार्थहरुको आपूर्ति अझै सहज बन्न सकेको छैन ।

२०७१ सालको अन्तिमतिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जति हाइहाइ बटुले नाकाबन्दी पछि नेपालमामात्र नभइ अन्तर्राष्ट्रियजगत्मै उनको छवीमा धक्कासमेत लाग्न पुग्यो । जसको प्रभाव दुई देशबीचको सम्बन्धमासमेत देखियो ।

भारतीय नाकाबन्दीसँगै २०७२ सालमा कालोबजारी पनि राम्रैसँग मौलायो । देशमा अत्यावश्यक सामानहरुको अभावको फाइदा उठाउँदै आमजनताले एक सिलिन्डर ग्यासको ८ हजार र एक लिटर पेट्रोलको ५ सय रुपैयाँसम्म तिरेरै भएपनि गुजारा चलाउन बाध्य हुनुपर्‍यो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

प्रतिक्रिया दिनुहोस्