१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


तातोपानी नाका खुल्यो


0
Shares

दिनेश थापा
सिन्धुपाल्चोक, चैत ३० । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका मंगलबारदेखि अस्थायीरुपमा सन्चालन गरिएको छ ।

भूकम्पपछि खासामा रहेका कन्टेनरहरु नेपाल ल्याउने गरी एक महिनाका लागि नाका खोलिएको हो ।

चिनियाँपक्षले गत आइतबारदेखि नै कन्टेनरहरु पठाउन तयार भएकोमा स्थानीयबासीले नाकामा आन्दोलन गरेपछि व्यापारीहरु सामान लिन जान पाएका थिएनन् ।

खासामा सामान लोड–अनलोड गर्न स्थानीयलाई जान दिने सहमति भएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् ।

मंगलबार २५ ओटा कन्टेनर खासा गएको सीमापार व्यापार संघका अध्यक्ष विष्णुबहादुर खत्रीले जानकारी दिए ।

खासामा नेपाली व्यापारीहरुको अर्बौं रुपैयाँ बराबरको सामान एक वर्षदेखि अलपत्र थियो ।

सो सामान ल्याउँदा राजस्वमात्रै झन्डै ९० करोड रुपैयाँ संकलन हुने बताइएको छ ।