५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


बजार अनुगमनलाई मर्यादित र व्यवस्थित बनाउने कार्यमा सहयोग गर्न महासंघको आह्वान


0
Shares

काठमाडौं, असार २८ । बजार अनुगमनलाई मर्यादित र व्यवस्थित बनाउने कार्यमा सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघले आह्वान गरेको छ ।

सरकार र सरोकारवालाहरुसँग छलफल भइ अनुगमनका विधि, प्रक्रिया र हाल भइरहेको तीन तह र चौध निकायबाट हुने अनुगमनलाई एकीकृत, सरल र न्यूनतम् जनशक्तिमार्फत् स्वचालितरूपमा बजार व्यवस्थित हुने अवस्था सिर्जनाका लागि गृहकार्य भइरहेको भन्दै महासंघले व्यवसायीहरुलाई उक्त आह्वान गरेको हो ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै आफ्ना सबै व्यावसायिक सदस्य संघ–संस्थामार्फत् मुलुकभर क्रियाशील व्यापारीहरूलाई स्वच्छ र पारदर्शी व्यापार–व्यवसाय गर्न र यथार्थ मूल्यमा बिल बिजक जारी गरेरमात्र व्यापार–व्यवसाय सन्चालन गर्न आह्वान गरेको हो ।

डर, त्रास र भयमुक्त भइ स्वच्छ व्यापारका लागि बिनादर्ता वा बिल बिजक जारी नगरी, न्यून मूल्यमा, कम वा बढी परिमाण गरी हुने वस्तु तथा सेवाको कारोबार गर्ने/गराउने व्यवसायीलाई सबै तह र तप्काले बहिस्कार तथा तीनको परिचयसमेत सार्वजनिक गर्न महासंघले आग्रह गरेको छ ।