
काठमाडौं, चैत ३० । वर्षको अन्तिम दिन पनि शेयर बजार परिसूचक नेप्सेमा बृद्धि आयो ।
वि.सं. २०७२ को सुरुआती दिनमा ९ सय ४४ रहेको नेप्से अन्तिम दिनसम्म बढेर करिब १४ सय बिन्दूमा पुग्यो ।
यसदिन नेप्से करिब ५ अंकले बढेर १३ सय ८८ बिन्दूमा पुग्यो । यसदिन जलविद्युत् र बीत्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो ।
वाणिज्य बैंक करिब ७ अंकले, होटल करिब १७ अंकले, बीमा साढे १० अंकले, अन्य साढे ३ अंकले बढ्यो भने विकास बैंक समूहमा पनि सुधार आयो ।
यसदिन १ सय २१ कम्पनीको १४ लाख ७० हजार कित्ता शेयर ५८ करोड ६६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्