
काठमाडौं, चैत ३० । हिमालय एअरलाइन्सले व्यवसायिक उडान सुरु गरेको छ ।
नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित हिमालय एअरलाइन्सले श्रीलंकाको कोलम्बोमा सीधा उडान गरेर मंगलबारदेखि आफ्नो व्यवसायिक उडान सुरु गरेको हो ।
नेपालीहरुको नववर्ष २०७३ लाई मध्यनजर गरेर उक्त उडान सन्चालन गरिएको कम्पनीले जनाएको छ ।
नेपालका लागि चीनका राजदूत वू चुनताइ, तिब्बत एअरलाइन्सका अध्यक्ष चेंग यिरुलगायतले संयुक्तरुपमा व्यवसायिक उडानको शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्