
काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट निरन्तरमुखी नभइ मुलुक बनाउनेखालको हुने बताएका छन् ।
उनले आगामी नीति तथा कार्यक्रम नयाँ सोच र संकल्पसहितको हुने दाबी गरे ।
नेपाल चेम्बर अफ कमर्सको ६५औं वार्षिक साधारणसभाको मंगलबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रका जायज माग आगामी बजेटमा समेटिने आश्वासन पनि दिए ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले संविधान प्राप्तिपछि सबैको ध्यान आर्थिक विकासतर्फ हुनुपर्ने बताए ।
त्यसका लागि दीर्घकालीन कार्ययोजनासहित र आवश्यक पूर्वाधारसहित आवश्यकतानुसारको नीति–नियम बनाउनतर्फ ध्यान दिनुपर्ने उहाको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अर्थतन्त्रलाई अगाडि बढाउन व्यवसायिक एकतामा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्