१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


जीप दुर्घटनामा ८ जनाको मृत्यु, ९ जना घाइते


0
Shares

डोटी, वैशाख १ । डोटीको जिजोडामाण्डौं गाविसमा गएराति जीप दुर्घटना हुँदा पद्मकन्या क्याम्पस काठमाडौंका प्राध्यापक डा. जयराज पन्तसहित ८ जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् ।

६ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा डडेल्धुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिष्टले जानकारी दिए ।

घटनामा प्राध्यापक डा. पन्तकी श्रीमती गुड्डी पन्त, जिजोडामाण्डौं गाविस–८ की सावित्री पन्त, सोही ठाउँका पूर्वक्षेत्रीय पशु स्वास्थ्य निर्देशक डा. गणेशराज पन्त, केशवराज पन्त र हरिनादेबी टमटाको घटनास्थलमै मृत्यु भएको हो ।

जिजोडामाण्डौं कै जानकी ताम्राकार र जीपका चालक बग्लेक गाविस–१, घर भएका चेतराज बलायरको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

कामाण्डौंमा बस्दै आएका पन्त पारिवारिक पुजाका लागि आफ्नो गाउँ उच्चाकोट जाँदै थिए । तीनताली बानडुग्री सैनबाट उच्चाकोटतिर गईरहेको ना१ज ३२९४ नम्बरको जीप गएराति करिब ९ बजेतिर जिजोडामाण्डौं गाविस–३, स्थित भीरमा उकालो चढ्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ९ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ । जीप भीरबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।