२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


‘निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट आवश्यक’


0
Shares

काठमाडौं, जेठ ४ । आगामी बजेट निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन गर्नेगरी ल्याउनुपर्नेमा जोड दिइएको छ ।

बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न निर्यात बढाउनुको विकल्प नभएकाले उत्पादनमूलक क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने अर्थविद्हरुको भनाइ छ ।

नयाँ आयोजनाहरुलाई प्राथमिकतामा राख्नुभन्दा पूरा नभएका आयोजना सम्पन्न गर्नेतर्फ बजेट अग्रसर हुनुपर्ने बताउँछन्, अर्थविद् केशव आचार्य ।

सरकारले चालू आर्थिक वर्षमा सार्वजनिक गरेको सामाजिक सुरक्षालगायतका कार्यक्रम परिणाममुखी बनाउनतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकताका साथ बजेटमा समावेश गरिनुपर्ने र ती आयोजना समयमै सम्पन्न गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।