१३ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025


गाडीको ठक्करबाट सांग्रिला होटल अगाडि एकको मृत्यु


0
Shares

काठमाडौं, वैशाख १ । लाजिम्पाटस्थित सांग्रिला होटल अगाडि बुधबार बिहान भएको सडक दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार दुर्घटनामा परी मृत्यु भएका यात्रीको परिचय र वतन खुल्न सकेको छैन ।

घटनामा संलग्न सवारी–साधन घटनापछि भागेकाले त्यसको पनि पहिचान हुनसकेको छैन ।

करिब ४५ वर्षीय ती पुरुषलाई सेतो टोयटा गाडीले ठक्कर दिँदा घटनास्थलमा उनको मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न सवारी–साधनको खोजी भइरहेको महाशाखाले जनाएको छ । रासस