
काठमाडौं, जेठ ४ । महिलाहरुको सीप तथा क्षमता विकास गर्ने र महिला सशक्तिकरणमा सहयोग पुर्याउने उद्देश्यले शनिबार काठमाडौंमा महिलाद्वारा उत्पादित सामग्रीहरुको प्रदर्शनी गरिएको छ ।
महिलाहरुलाई दीगो विकासमा समेट्ने तथा महिला सशक्तिकरण गर्न प्रदर्शनी आयोजना गरेको आयोजक व्यापार तथा पेसागत महिलाहरुको अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।
मेलामा २० ओटा भन्दा बढी विभिन्न महिला समूहबाट उत्पादित वस्तुहरु राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्