
पोखरा, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका छन् ।
पोखरा उपमहानगरपालिका–१४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय ३५ रोपनी जग्गा ओगट्ने छ ।
चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललेमात्र नेपाललाई विश्वसमक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले सो विमानस्थल निर्माण भएपछि पोखराकोमात्र नभइ समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताए ।
उनले निर्धारित् समयमै विमानस्थल बन्ने दृढता पनि व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्