
काठमाडौं, जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिको मुहान भएको बताएका छन् ।
२५६३औं बुद्धजयन्तीका अवसरमा शनिबार स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले नेपाल विश्वलाई नै शान्तिको पाठ सिकाउन सक्ने क्षेत्र भएको दाबीसमेत गरे ।
शान्तिका दूत भगवान् गौतमबुद्ध नेपालमा जन्मनु गौरवको विषय भएको बताउँदै उनले शान्ति र सहअस्तित्व स्थापना गर्नु सरकारको चाहना भएको बताए ।
प्रधानमन्त्री ओलीले आगामी बुद्धजयन्तीका अवसरमा नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने सरकारको तयारी रहेको जानकारी गराए ।
उनले मित्रता र सहअस्तित्वलाई आधार बनाउँदै नेपालले मित्रराष्ट्रहरुसित सम्बन्ध कायम राख्दै आइरहेको उल्लेख गरे ।
कार्यक्रममा बुद्ध सन्देशसम्बन्धी पुस्तक सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्