९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


‘सरकारले हचुवाको भरमा रुट परमिट दियो’, आन्दोलनमा उत्रने चेतावनी


0
Shares

काठमाडौं, वैशाख १ । यातायात व्यवसायी महासंघका अध्यक्ष डोरनाथ खनालले व्यवसायीलाई अप्ठेरोमा पार्ने गरी सरकारले यातायात रुट परमिट दिएको आरोप लगाएका छन् ।

राजधानीको कपन–बगलामुखी यातायात व्यवसायी संघको सातौं साधारणसभामा बुधबार बोल्दै अध्यक्ष खनालले सरसल्लाह नगरी सरकारले हचुवाको भरमा रुट परमिट दिएको भन्दै यसलाई नसच्याए व्यवसायीहरु आन्दोलनमा उत्रने चेतावनी दिए ।

साधारणसभाले कपन–बगलामुखी यातायातको नेतृत्व पुनः शम्भुप्रसाद अधिकारीलाई सुम्पेको छ ।

अध्यक्षका लागिमात्र भएको चुनावमा अधिकारीले प्रत्यासी तीर्थ लामालाई तीन मतले पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । पराजित लामालाई भने वरिष्ठ सल्लाहकारमा मनोनयन गरिएको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सिताराम थापा, सचिवमा नवकुमार केसी तथा कोषाध्यक्षमा विक्रम नगरकोटी सर्वसम्मत भएका छन् ।

कार्यक्रममा सो यातायातका उत्कृष्ट चालक विजयबहादुर कार्की, सहचालक शिव खड्का र स्वरोजगार नेत्रबहादुर बुढाथोकीलाई पुरस्कृत गरिएको थियो ।

कपनदेखि रत्नपार्कसम्म चल्ने सो यातायातका ३१ बस रहेका छन् ।