१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


राप्ती नदीमा डुंगा पल्टिँदा बालकको ज्यान गयो


0
Shares

चितवन, वैशाख १ । चितवनमा बुधबार राप्ती नदीमा डुंगा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

विक्रम बाबाको दर्शन गरेर फर्कनेक्रममा बुधबार दिउँसो १ बजे डुंगा दुर्घटना हुँदा सोलुखुम्बुको लुक्ला घर भइ चितवनको कसरा बस्दै आएका ५ वर्षीय देव श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा श्रेष्ठका १२ वर्षे दाजु केशव र चितवन, वीरेन्द्रनगर निवासी २४ वर्षीया आशा गुरुङ घाइते भएका छन् । उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।

४० जना सवार डुंगा पल्टिएकामा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए ।