
बारा, वैशाख १ । बाराको सिमरामा नयाँवर्षको अवसर पारेर ‘बारा बृहत् महोत्सव’ आयोजना गरिएको छ ।
‘विकास, उद्योग, पर्यटन र सञ्चार’ भन्ने आह्वानकासाथ बुधबारदेखि सुरु भएको महोत्सवको एमाले नेता माधवकुमार नेपालले उद्घाटन गरे ।
त्यसक्रममा नेता नेपालले नयाँवर्ष २०७३ संविधान कार्यान्वयनको वर्ष हुने बताए ।
महोत्सवमा औद्योगिक र प्रविधिका सामग्री, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री र खाना राखिएको छ ।
महोत्सवमा सहभागी हुनेहरुलाई हेलिकोप्टरमार्फत् जिल्लाका विभिन्न पर्यटकीयस्थलको अवलोकलन र पर्सा वन्यजन्तु आरक्षमा जंगल सफारी गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्