
दीपक घिमिरे (इमेज)
भैरहवा, जेठ ४ । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको पवित्र विश्व शान्तिदीपको ज्योति सर्वोच्च शिखर सगरमाथाको आधारशिविरतर्फ लगिएको छ ।
२५६३औं बुद्धजयन्ती तथा प्रदेश नम्बर–५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा चौथोपटक ज्योति सगरमाथातर्फ लगिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिदीपको ज्योति ओलम्पियन वैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेका थिए ।
ओलम्पियनहरु वैकुण्ठ मानन्धर, कृष्ण बस्नेत, खडग रानाभाट, अन्तर्राष्ट्रिय खेलाडी शाहबानु खानले ज्योति लगेर सगरमाथा आधारशिविर पुर्याउने आयोजक संस्थाका अध्यक्ष तथा लुम्बिनीका सद्भावनादूत विक्रम पाँडेकाजीले जानकारी दिए ।
शान्तिदीपको ज्योति मे २८ र २९ (एभरेस्ट डे)का दिन सगरमाथा आधारशिविरको परिक्रमा गराइने जनाइएको छ ।
विगत तीन वर्षदेखि बुद्धिष्ट सर्किट डटकमको आयोजनामा ओलम्पियन मानन्धरले शान्तिदीपको ज्योति आधारशिविर लग्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्