६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेप्सेमा दोहोरो अंकको गिरावट


0
Shares

काठमाडौं, असार २८ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बिहीबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । नेप्से पुनः १२ सय तल आइपुग्यो ।

बजार परिसूचक नेप्से १३ अंकले झरेर ११ सय ९१ मा आएर थामियो । उत्पादनमूलक समूह झिनो अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

बिमा समूह सबैभन्दा उच्च १०७ अंकले झर्‍यो । होटल समूहमा ३७ अंक, लघुवित्त समूहमा ३७ अंक अनि जलविद्युत् समूहमा २१ अंकको गिरावट आयो । विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १६ लाख २० हजार कित्ता सेयर ४५ करोड ४४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।