१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


स्कोर्पियोको ठक्करबाट बाबु–छोराको मृत्यु


0
Shares

सर्लाही, जेठ ४ । सर्लाहीको नवलपुर–मलंगवा सडकखन्डअन्तर्गत् पर्ने हरैयामा स्कोर्पियोको ठक्करबाट शनिबार अपराह्न बाबु–छोराको मृत्यु भएको छ ।

नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा१९च २५८८ नम्बरको स्कोर्पियो अनियन्त्रित भएर पल्टँदा खेतमा भैंसी चराउँदै गरेका स्थानीय ४० वर्षीय जयसी राय र उनका १० वर्षीय छोरा लक्ष्मण रायको मृत्यु भएको हो ।

छोरा लक्ष्मणको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका लागि हरिवनतर्फ लैजानेक्रममा बाबु जयसीको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।