१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


यसरी मनाइयो सिन्दुर जात्रा (फोटोफिचर)


0
Shares

भक्तपुर, वैशाख २ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले आज सिन्दुर जात्रा अर्थात सुथः सिया पर्व मनाएका छन् ।

थिमिमा चैत मसान्तबाट शुरु भएको विस्केट जात्रामध्ये विशेष रुपमा मनाईने सिन्दुर जात्राको सुरुवातमा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ ।

विस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाईने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो । जात्रामा प्रत्येक चोक, चौबाटो, घर र टोलमा जात्राका सहभागीहरु पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने र फूल बर्साएर स्वागत गर्ने चलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली शुभकामना साटासाट गर्ने गरिन्छ ।

आजै भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा पनि मनाइँदै छ । आज थिमी बोडे– १ का ३७ वर्षीय जुजुभाई बाँस श्रेष्ठले आठौं पटक जिब्रो छेडाउँदै छन् ।