
डडेल्धुरा, वैशाख २ । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ३ मा आज घटाल मेला लागेकोे छ ।
प्रत्येक वर्ष बैशाख २ गते डोटी खोलामा भीमपुत्र घटोचकलाई खुसी पार्न मेला लाग्ने गर्दछ ।
घटोचक अर्थात घटाल बाबाले तुरुन्त मनोकांक्षा पूरा गर्ने विश्वासमा मेलामा सहभागीहरुले बालुवा खाने गरेको स्थानीयवासी बताउँछन् ।
घटाल बाबाको मन्दिरमा पूजापाठ गरेर बालुवा खाएमा गाउंँमा खडेरी नहुने जनविश्वास रही आएको छ । घटालबाबाको ढुंगाको मुर्ति तल रहेको ढुंगामा एउटा सानो प्वाल रहेको र उक्त प्वालमा जति पानी हाले पनि कहिल्यै नभरिने हँुंदा यो मन्दिरप्रति सुदुरपश्चिमेलीहरुको विश्वास रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्