३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


रत्नपार्कको आम्दानी एकैदिन एक लाख


0
Shares

काठमाडौं, वैशाख २ । नयाँवर्षको पहिलो दिन बुधबार रत्नपार्कको आम्दानी रु एक लाख तीन हजार भएको छ । यो अहिलेसम्मकै धेरै हो ।

रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीकाअनुसार तीन हजार ६०२ सर्वसाधारण र ९० जना विद्यार्थी पार्क अवलोकनका लागि आएका थिए ।

नयाँ व्यवस्थापन र निःशुल्क इन्टरनेट सुविधा भएका कारण उल्लेख्यमात्रामा अवलोकनकर्ता आएका हुन् ।

पार्कमा गत वर्ष चैत ५ गतेबाट निःशुल्क इन्टरनेट राखिएको थियो । ‘अन्य दिन पार्कको सरदर आम्दानी रु २५ हजारसम्ममात्र हुन्थ्यो’–केसीले भने ।

यहाँ विद्यार्थीका लागि रु १५ र अन्य व्यक्तिका लागि रु २५ प्रवेशशुल्क तोकिएको छ । रासस