
पाँचथर, वैशाख २ । पाँचथरको फिदिम नगरपालिका–६ कुकुरमारा सामुदायिक वनमा केही दिनअघिदेखि लागेको आगो विहीबार बस्तीमा पस्दा पाँचओटा घर र दुईओटा गोठ जलेर नस्ट भएका छन् ।
हावाहुरीले उडाएको आगो बस्तीमा पस्दा लक्ष्मी अधिकारी, हरिलाल घिमिरे, देवी भण्डारी, त्रिलोचन नेपाल र सन्तोष राईका घर तथा गोठहरु जलेर नस्ट भएका हुन् ।
झन्डै ३३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगोमा परी त्रिलोचन नेपालका तीनओटा चौपाय पनि मरेका छन् ।
प्रतिक्रिया दिनुहोस्