Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


लिभरपुल सेमिफाइनलमा प्रवेश


0
Shares

काठमाडौं, वैशाख ३ । जर्मन फुटबल क्लव बोरुसिया डर्टमण्डलाई पराजित गर्दै लिभरपुल युरोप लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको क्वाटरफाईनल दोस्रो लेगको खेल ४–३ ले जित्दै लिभरपुल सेमिफाईनलमा पुगेको हो ।

यसअघि पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको अवस्थामा हिजोको खेल ४–३ ले जित्दै लिभरपुल समग्रमा ५–४ ले विजयी भयो ।

गएराति भएको खेलको ९ मिनेटमै २–० ले पछि परेको लिभरपुलले उत्कृष्ट पुनरागमन गरेको हो । खेलमा लिभरपुललाई विजयी गराउन ओरीगी, कौटिन्हो, साखो र लोभ्रेनले एक–एक गोल गरे । डर्टमण्डका लागि मख्तरीयान, औबामायङ र रिउसले एक–एक गोल गरेका थिए ।

युरोपा लिगअन्तर्गत गएराति भएका अन्य खेलहरुमा आफ्नै देशको एथ्लेटिक बिल्बाओलाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेनको सेभिया, पोर्चुगलको ब्रागालाई ६–१ ले हराउँदै युक्रेनको शख्तर तथा चेक गणतन्त्रको स्पार्टा प्रागलाई ६–३ ले हराउँदै स्पेनको भियारियाल सेमिफाईनलमा पुगेका छन् ।