१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


जिपको ठक्करबाट तीन जनाको मृत्यु


0
Shares

मोरङ, वैशाख ३ । मोरङको मधुमल्ला–६ टपुस्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ जिपको ठक्करबाट स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ ।

साँझ ६ बजेतिर मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बा१३च ३१५८ नम्बरको बलेरो जिपले उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे३प ४९४१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक मोरङ टाँडी–८ का २० वर्षीय सङ्गीत लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै स्कुटरको पछाडि सवार टाँडी–८ कै १९ वर्षीय मिलन राईको उपचारका लागि विराटनगर लैजाने क्रममा र पछाडि सवार अर्का झापा शरणामतीका २१ वर्षीय सनम रणपहेलीको न्युरो अस्पताल विराटनगर पुर्‍याउनेबित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए ।

ठक्कर दिने बलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)