१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


इटहरीमा बन्ने भयो ५१ शैय्याको अस्पताल


0
Shares

इटहरी, वैशाख ३ । सुनसरीको इटहरीमा नीजि क्षेत्रको लगानीमा ५१ शैय्याको सुविधासम्पन्न सामुदायिक अस्पताल निर्माण हुने भएको छ ।

इटहरीमा हालसम्म कुनै पनि अस्पताल नभएका कारण सर्वसाधारण उपचारका लागि धरान र विराटनगर जान बाध्य छन् ।

सर्वसाधारणको समस्या अन्त्य गर्न सामुदायिक स्वास्थ्य सेवा सहकारीले इटहरी–४ मा ६ कठ्ठा जमिनमा ३ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम सुरु गरेको अस्पताल निर्माण समितिका संयोजक टंक दुलालले बताए ।

अस्पतालको आज सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले शिलान्यास गरे । एक वर्षभित्रमा अस्पतालको भौतिक निर्माण पुरा गरी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ ।