
काठमाडौं, वैशाख ३ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित खड्का भद्रकालीमा बालराम भगवानको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ ।
रामनवमीको अवसर पारेर नेपालमै पहिलो पटक बालराम भगवानको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको हो ।
यसअघि खड्का भद्रकालीमा गत चैत २६ गतेदेखि नवाह महायज्ञसमेत भइरहेको छ ।
वालराघव सेवाश्रमको आह्वानमा गरिएको महायज्ञमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ । मुलुकको सुख, शान्ति र समृद्धिको कामदा गर्दै महायज्ञ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्