१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


आर्मी क्वार्टरफाइनलमा, नवयुगले गरे दुई गोल


0
Shares

पोखरा, वैशाख ३ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी पाँचौ मनकामना पोखराकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको अन्तिम प्रि–क्वार्टरफाइनलमा सरस्वती युथ क्लबलाई ३–१ ले पराजित गर्दै आर्मी अन्तिम आठमा पुगेको हो ।

खेलको १४औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४५औं मिनेटमा सरस्वतीका सुसान लामाले गोल फर्काएपछि खेल बराबरीको स्थितिमा पुगेको थियो ।

दोसो हाफको ६१औं मिनेटमा आर्मीका धीरज तामाङले गोल गरे भने खेलको ८६औं मिनेटमा नवयुगले व्यक्तिगत् दोस्रो तथा आर्मीका लागि तेस्रो गोल गर्दै टिमलाई उत्कृष्ट जित दिलाए ।

खेलको ‘म्यान अफ द म्याच’ नवयुग श्रेष्ठ घोषित भए ।

आर्मीले क्वार्टरफाइनलमा वैशाख ६ गते थ्रीस्टार क्लबसँग खेल्ने छ ।

शनिबार हुने पहिलो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम भिड्ने छन् ।