३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


बर्खेटार बस दुर्घटनाका मृतकका आफन्तद्धारा सडक अवरुद्ध


0
Shares

खोटाङ, वैशाख ३ । सदरमुकाम दिक्तेलबाट काठमाडौं जानेक्रममा मंगलबार यात्रुबस दुर्घटना भएर ज्यान गुमाएकी खोटाङको निर्मलीडाँडा–३ की विमला राईका आफन्तले उचित रातह माग गर्दै शुक्रबार दिक्तेल–चखेवाभन्ज्याङ सडक अवरुद्ध गराएका छन् ।

मृतक परिवारलाई बीमाबापतको रकम तत्काल उपलब्ध गराइनुपर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने यातायात व्यवसायी र त्यसको नियमन नगर्ने प्रहरीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर दिक्तेल–चखेवाभन्ज्याङ सडक अवरुद्ध गराएका हुन् ।

गत मंगलबार महादेवस्थान–१ बर्खेटारमा बस पल्टिँदा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।