१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


चाङलुङ गुफा पर्यटकीय गन्तव्य बन्दै


0
Shares

प्रकाश लिम्बु 

तेह्रथुम, जेठ ४ । तेह्रथुमको छथर गाउँपालिकामा रहेका चाङलुङ गुफा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । केही वर्षअघिसम्म अनकन्टार ओडारझँै देखिने यस गुफालाई अवलोकनयोग्य बनाएसँगै पर्यटकको आवागमन उत्साहप्रद देखिन थालेको हो ।

कोशी राजमार्ग पारी रहेको तेह्रथुमको छथर गाउँपालिको काखमा रहेको चाङलुङ गुफाको पहिचान भएपछि प्रचारमा आउन थालेको छ । केही बर्ष अघिसम्म झोरझाडी जंगल र ओडार झै देखिँदा यहाँका स्थानीयहरु गुफामा पुग्नै डराउने गर्थे । तर गुफा आवतजावतका लागि सहज बनाएपछि पछिल्लो समय दैनिक ५० देखि सय जनासम्म पर्यटक आउन थालेका छन् ।

गुफाको दर्शन गरी भाकल गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण पनि मानिसहरुको आवतजावत बढेको हो ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्