 
	    काठमाडौं, वैशाख ४ । जापानको दक्षिणी क्षेत्रमा अर्को शक्तिशाली भूकम्प गएको छ ।
नेपाली समयअनुसार शुक्रबार राति राति ९ बजेर १० मिनेट जाँदा जापानको दक्षिणी क्युशु आइल्यान्डको कुमामोटो सहर केन्द्रबिन्दू भएर ७.३ म्याग्निच्यूडको भूकम्प गएको जापानी सरकारी टेलिभिजन ‘एनएचके’ले जनाएको छ ।
भूकम्पका कारण अहिलेसम्म कम्तिमा साताजनाको मृत्यु पुष्टि भएको र एक सय बढी घाइते भएका अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।
यसअघि विहीबार यही ठाउँ नै केन्द्रबिन्दू भएर ६.४ म्याग्निच्यूडको भूकम्प जाँदा ९ जनाको मृत्यु भएको थियो ।
शुक्रबार रातिको भूकम्पपछि बाँध भत्किएकाले गाउँलेलाई सुरक्षित स्थानमा लगिएको छ । भूकम्पलगतै सुनामी आउने चेतावनी दिइएपनि पछि चेतावनी फिर्ता लिइएको छ ।
यो भूकम्प अघिल्लो दिन गएकोभन्दा ठूलो भएको र यसले धेरै क्षेत्रमा असर पारेको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।
भूकम्पका कारण एउटा सार्वजनिक भवन भत्किएको र एउटा अस्पताल असुरक्षित भएका कारण खाली गराइएको छ । भूकम्पपछि धेरै मानिस बाहिर सडकमा बसेका छन् ।
कम्तीमा ६० जना मानिस एक पुरानो भवनमा थुनिएको र उनीहरुलाई सुरक्षित निकाल्ने प्रयास भइरहेको जनाइएको छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्