२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सरकारको नेतृत्व परिवर्तन गर्न सकिन्छ : नेता खनाल


0
Shares

काठमाडौं, बैशाख ४ । एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारको नेतृत्व परिवर्तन गरेर भने पनि राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने बताएका छन् ।

आज राजधानीमा रिपोर्टस् क्लबले गरेको साक्षत्कारमा उनले मुलुकलाई सबृद्ध बनाउन दलहरुबीच एकता आवश्यक भएको बताए ।

सकेसम्म अहिलेकै सरकारलाई राष्ट्रिय बनाउनुपर्ने र नभए अर्को व्यक्तिको नेतृत्वमा पनि राष्ट्रिय सरकार बनाउन सकिने उनको भनाई थियो ।

पार्टीमा नवौ महाधिवेशनको असर समाप्त नभइसकोे भन्दै खनालले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यशैली सुधानुपर्ने समेत बताए । सात प्रदेश परिवर्तन गर्न सम्भव नहुने नेता खनालको भनाई थियो ।